Section 15
अरूको घरजग्गामा प्रवेश गर्न सक्ने

नेपाल सरकारले वा अनुमतिपत्र प्राप्त व्यक्तिले जलस्रोतको सर्वेक्षण वा उपयोगको सिलसिलामा कसैको घर जग्गामा प्रवेश गर्नु परेमा नेपाल सरकार वा अनुमतिपत्र प्राप्त व्यक्तिले खटाएको कर्मचारीले सम्बन्धित व्यक्तिलाई पूर्व सूचना दिएर मात्र त्यस्तो घर जग्गामा प्रवेश गर्न सक्नेछ । त्यसरी प्रवेश गर्दा कुनै हानी नोक्सानी हुन गएमा नेपाल सरकारले वा अनुमतिपत्र प्राप्त व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति दिनेछ ।
तर कुनै घर जग्गामा जलस्रोतको अनधिकृत उपयोग वा दुरूपयोग गरी रहेको शङ्का हुने मनासिब माफिकको कारण भएमा सो कुराको जाँचबुझ गर्न वा कुनै दुर्घटनाबाट बचाउन पूर्व सूचना बिना पनि त्यस्तो कर्मचारीले सम्बन्धित घर जग्गमा प्रवेश गर्न सक्नेछ ।